बायर्नको जीतमा केनको दुई गोल
सोमबार, ११ भदौ २०८०, ०६ : ४०

म्युनिख । घरेलु मैदानमा आफ्नो बुन्डेस लिगाको डेब्यू खेलमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले दुई गोल गरेपछि साबिक विजेता बायर्न म्युनिखले लिगमा शत प्रतिशत नतिजा कायम राखेको छ । आइतबार राति बायर्नले एफसी अग्सबर्गलाई ३–१ गोलले हराएको हो ।
पहिलो हाफको ३२ औँ मिनेटमा फेलिक्स उडुओखाईले आत्मघाती गोल गरेपछि बायर्नले खेलमा अग्रता बनाएको थियो । ८ मिनेटपछि पेनाल्टीबाट गोल गर्दै केनले टोलीको अग्रता दोब्बर बनाए । योसँगै उनी बुन्डेस लिगाका पहिलो दुई खेलमा गोल गर्ने पहिलो इंल्गिस खेलाडी बनेका छन् ।
दोस्रो हाफको ६९ औँ मिनेटमा केनले अर्को गोल गर्दै थप्दै अग्रता फराकिलो बनाए । डियोन बेलहोले खेलको अन्त्यतिर अग्सबर्गका लागि सान्त्वना गोल गरे । दुई खेलबाट ६ अङ्क बटुल्दै बायर्न गोल अन्तरको आधारमा लिगको दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
-
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा