पत्रपत्रिका
आर्थिक वर्षको पहिलो महिनामा श्रम स्वीकृति लिनेको सङ्ख्या घट्यो
सोमबार, ११ भदौ २०८०, ०६ : ०४

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को सुरुदेखि लगातार बढेको श्रम स्वीकृति लिनेको सङ्ख्या चालु आव २०८०/८१ को पहिलो महिनामा घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएकामा गत आवको पहिलो महिना साउनमा भने श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या ६१ हजार ६३० थियो । जुन सङ्ख्या चालु आवको भन्दा छ हजार ५५ ले बढी हो ।
गत साउनपछि लगातार उकालो लागेको विदेश जानेको सङ्ख्या एकै महिनामा ७६ हजार जनाले सम्म श्रम स्वीकृति लिएका थिए । विभागका अनुसार चालु आवको साउनमा बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १६ हजारभन्दा बढी रहेको छ भने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत ३९ हजार १५२ श्रमिकले विदेश जान श्रम स्वीकृति लिएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाटभटेनी लुटपाट र तीनकुनेमा ढुंगामुढा गर्ने को-को छुटे ? (सूचीसहित)
-
कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालसम्मका लागि स्थगित
-
‘प्रधानन्यायाधीशले पूर्वाराजा भेटेको’ समाचार लेख्ने सम्पादकलाई बयानमा बोलाउने सर्वोच्चको आदेश
-
नेप्से परिसूचक लगातार चार दिन गिरावट, आज ३२.३८ अङ्कले घट्यो
-
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री भन्छन्, ‘मधेसमा योजना किन्ने र बेच्ने चलन धेरै छ’
-
नेपालले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने