शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोनाल्डोको व्यवहारदेखि रियल दुःखी

बुधबार, २१ असार २०७४, १४ : ३२
बुधबार, २१ असार २०७४

म्याड्रिड – आफ्नो स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोकोे व्यवहारबाट रियल म्याड्रिड क्लब अधिकारीहरु दुःखी रहेको बताइएको छ । 


कर छलीको आरोप लागेपश्चात रोनाल्डोले रियल छाड्ने निर्णय लिएको समाचार बाहिर आए पनि यसबारे रोनाल्डो मौन रहेका छन् । रोनाल्डोले म्याड्रिडमा बस्ने वा नबस्ने विषयमा अहिलेसम्म केही प्रतिकृया जनाएका छैनन् । 


रोनाल्डोको उक्त व्यवहारका कारण रियलले आफ्नो आगामी रणनीति कस्तो बनाउनेछ भन्ने विषयमा चर्चा र बहस चल्न थालेको छ । 


“रोनाल्डो क्लबका लागि मुख्य खेलाडी भएका कारण उनले अब मौनता तोडेर चाँडै निर्णय गर्नुपर्छ,’ रियलका प्रमुख फ्लोरेन्टिनो पेरेजले भनेका छन् । क्लबले रोनाल्डोको चाहना जान्न समेत चाहेको पेरेजले बताएका छन् ।


रोनाल्डोले १४.७ मिलियन युरो कर छली गरेको आरोप लागेको छ जसपश्चात नै उनले म्याड्रिड क्लब छाड्ने निर्णय लिएको समाचारहरु बाहिर थिए । 


हालै जुम्ल्यहा सन्तानको पिता बनेका रोनाल्डो कन्फेडेरेशन कप बीचमा नै छाडेर घर फर्किएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप