महिलामाथि तालिबानको नयाँ प्रतिबन्ध
आइतबार, १० भदौ २०८०, २१ : २४

काबुल । अफगानिस्तानको तालिबान सरकारले आफ्नो एउटा आदेशमा महिलामाथि नयाँ प्रतिबन्ध लगाएको छ । तालिबानले देशको बामियान प्रान्तको बन्द-ए-अमिर राष्ट्रिय निकुञ्जमा महिलालाई प्रवेशमा प्रतिबन्ध लगाएको हो ।
अफगानिस्तानका कार्यवाहक मन्त्री मोहम्मद खालिद हनाफीले पार्कभित्र महिलाहरूले हिजाब नलगाएको आरोप लगाए । उनले धर्मगुरु र सुरक्षा निकायबाट यस विषयमा समाधान नआएसम्म महिलालाई राष्ट्रिय निकुञ्ज प्रवेशमा रोक लगाइएको जानकारी दिए ।
बन्द-ए-अमिर अफगानिस्तानको पहिलो राष्ट्रिय निकुञ्ज हो र मुख्य पर्यटकीय आकर्षण हो । यसले सन् २००९ मा राष्ट्रिय निकुञ्जको हैसियत पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा
-
प्रेस चौतारी बागमती प्रदेश अध्यक्षमा रिमाल
-
युनिटी जर्नलको छैटौँ संस्करण विमोचन
-
घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा एनआरएनलाई पत्र