डेंगु संक्रमितको सङ्ख्या १९ हजारभन्दा बढी
आइतबार, १० भदौ २०८०, १८ : २९

काठमाडौँ । नेपालमा डेंगु संक्रमितको संख्या तीव्र गतिमा बढ्दै भएको छ । नेपालमा हालसम्म १९ हजारभन्दा बढी संक्रमित भएका छन् ।
गएको पुस महिना यता १९ हजार २७० जनामा डेंगु संक्रमण पुष्टि भएको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।
संक्रमित मध्ये १३ जनाको मृत्यु भएको छ । कोशी प्रदेशमा मात्रै १४ हजार ३६९ केस पुष्टि भएको छ ।
दोस्रोमा बागमती प्रदेशमा २ हजार ९९९, मधेस प्रदेशमा १८४, गण्डकीमा ६३५, लुम्बिनीमा ३४५, कर्णालीमा ४१ र सुदूरपश्चिम प्रदेशमा ५४० केस पुष्टि भएको महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकामा मात्रै ६९६ केस पुष्टि भएको छ ।