गर्भवती तथा सुत्केरी महिलाका लागि ‘मेरो पोषण साथी’ मोबाइल एप सञ्चालन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पोषण सम्बन्धी जानकारी प्रदान गर्ने ‘मेरो पोषण साथी’ मोबाइल एप र डिजिटल पुस्तकालय तथा स्रोत केन्द्र शुभारम्भ गरेका छन् ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले अमेरिकी विकास नियोग (युएसएआइडी) र सुआहाराको सहकार्यमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले ‘मेरो पोषण साथी’ मोबाइल एप र डिजिटल पुस्तकालय तथा स्रोत केन्द्र शुभारम्भ गरेका हुन् ।
उक्त मोबाइल एपले गर्भवती तथा सुत्केरी महिला, २ वर्ष मुनिका बालबालिकाका आमाबाबु वा स्याहारकर्ताहरूलाई स्याहार, खानपान र स्वास्थ्य सेवाको उपभोग सम्बन्धी सामयिक र उपयोगी जानकारी प्रदान गर्दछ ।
कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले नेपालीको पोषण अवस्थामा सुधार ल्याउन ‘मेरो पोषण साथी’ मोबाइल एप उपयोगी हुने बताए । मन्त्री बस्नेतले भने, ‘स्वास्थ्यका विषयहरु सम्बोधन गर्न जरुरी छ र त्यसका लागि यो मोबाइल एप एउटा प्रयासमात्र हो । बच्चालाई आमाको दुध चाहिन्छ किनकि त्यसमा पौष्टिक तत्व हुन्छ । तर आमाको दुध राम्रोसँग आउनको लागि आमाले पनि पौष्टिक खानेकुरा खानुपर्ने हुन्छ । यो एपले कम्तीमा त्यसप्रति पनि चेतना जगाएर सहयोग गर्नेछ ।’
उनले सरकार र दातृ निकायले गरिरहेको लगानी वास्तविक उपभोक्तासम्म पुगिरहेको छ कि छैन भन्ने कुरामा समेत ध्यान दिन सरोकारवाला निकायलाई निर्देशन दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईले स्वास्थ्य सबै नागरिकको मौलिक हक भएको र यो एपले समग्र स्वास्थ्य अवस्थामै बहुआयामिक प्रभाव पार्ने बताइन् ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा.संगिता मिश्रले सबै नागरिकलाई एक्लाएक्लै परामर्श दिन सम्भव नभएको अवस्थामा यो एपले निरन्तर परामर्श र आवश्यक जानकारी प्रदान गर्न सजिलो बनाएको धारणा राखिन् ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले यो एपले अन्य स्वास्थ्य सेवाहरू जस्तैः गर्भावस्था र प्रसवपछिको हेरचाह, बालबालिका र आमाको खानपान, परिवार योजना तथा वृद्धि अनुगमन जस्ता विषयमा निर्णय लिन नयाँ आमाबाबु र तिनका परिवारलाई सघाउने विश्वास व्यक्त गरे ।
परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले सबै नागरिकसम्म स्वास्थ्य र पोषणसम्बन्धी महत्त्वपूर्ण र उपयोगी जानकारी पु¥याउन महाशाखाले मोबाइल एप र डिजिटल लाइब्रेरीको सुरुवात गरेको बताए । उनले ७३ प्रतिशत नेपालीको हातमा मोबाइल पुगेकाले मोबाइलको माध्यमबाट सूचना पु¥याउन सहज र प्रभावकारी हुने बताए ।
कार्यक्रममा अमेरिकी विकास नियोग युएसएआइडीकी स्वास्थ्य निर्देशक प्याटरिसिया मेङगेचले यो एपले युवायुवती, विशेष गरी पहिलोपटक आमा बन्दै गरेका महिलाहरुलाई आफ्नो र बच्चाको स्वास्थ्य र पोषणबारे निर्णय लिन सशक्त बनाउने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?