‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक
आइतबार, १० भदौ २०८०, १५ : ५२

काठमाडौँ । हिमालयन बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ ।
यस अफरअन्तर्गत दुईजना भाग्यशाली मोबाइल बैकिङको प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैङ्किङ एचआई–एमबी एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।
सो अफर भाद्र १ गते देखि भाद्र ३१, २०८० गतेसम्म लागु हुनेछ । मोबाइल बैङ्किङ एपबाट फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोगकर्ताहरुलाई अफरको अन्त्यमा लक्की ड्र मार्फत विजेता छनोट गरिनेछ ।
उक्त विजेताको घोषणा हिमालयन बैंकको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?
-
सगरमाथा आरोहणको तयारी सुरु, बाटो बनाउन खटाइए ‘आइसफल डाक्टर’
-
एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा
-
राजावादी सक्रीय भएपछि माधव नेपालको पार्टीले गर्यो सङ्घर्ष गर्ने निर्णय
-
नेपालका १२५ भाषाको लेखन सहजताका लागि एउटै ‘फन्ट’ निर्माण
-
विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई