राष्ट्रिय सभामा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ पेस
आइतबार, १० भदौ २०८०, १५ : ०३

काठमाडौँ । राष्ट्रिय सभामा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ पेस गरिएको छ । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा विधायक व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले सो विधेयक पेस गरेकी हुन् ।
त्यसै गरी उनले ‘विधायक व्यवस्थापन समितिको निर्देशन, सुझाव कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन अध्ययन प्रतिवेदन, २०८०’ पनि सभामा पेस गरिन् । त्यस अवसरमा सभापति राईले सभाले सो विधेयकमाथि गम्भीर छलफल गरी आवश्यक परिमार्जन गर्ने विश्वास समेत व्यक्त गरिन् । राष्ट्रिय सभाको अर्को बैठक भदौ १८ गते सोमवार अपराह्न १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।