डिश मिडिया नेटवर्क लिमिटेडका ईभीपी रमेश सापकोटा एक्ससिलेन्सी अवार्ड २०२३ मार्फत सम्मानित
आइतबार, १० भदौ २०८०, १५ : ०१

काठमाडौँ । डिश मिडिया नेटवर्क लिमिटेडका एक्युटिभ भ्वाइस प्रेसिडेन्ट रमेश सापकोटा इन्डिभिजुअल सेल्स एक्ससिलेन्सी अवार्ड, २०२३ मार्फत सम्मानित भएका छन् । इन्टरनेट सेवा प्रदायक विधामा सापकोटालाई उक्त अवार्ड प्रदान गरिएको हो ।
यस सम्मानले कम्पनीप्रति उनले देखाएको असाधारण योगदानको उच्च कदर भएको कम्पनीले बताएको छ ।
रमेश सापकोटाको नेतृत्वमा डिशहोम फाइवरनेटले महत्त्वपूर्ण उपलब्धि हाँसिल गर्न समेत सफल भएको कम्पनीको भनाइ छ । फाइबर नेटवर्कको द्रुत विस्तार र उत्कृष्ट सेवाहरूको साथ, डिशहोम फाइबरनेटले तीन लाख ग्राहकहरू बनाउन सफल भएको छ । यो उपलब्धिले ग्राहकको विश्वास र सन्तुष्टिलाई कायम राख्नको लागि सिमलेस र उच्च गतिको इन्टरनेट प्रदान गर्ने प्रतिबद्धता समेत कम्पनीले पुरा गर्ने प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म