संसदीय समिति निर्वाचन
कृषिमा राणा, राज्यव्यवस्थामा खतिवडा, उद्योगमा खान, अन्तराष्ट्रियमा यादव र अर्थ समितिमा चालिसेको उम्मेदवारी दर्ता
आइतबार, १० भदौ २०८०, १४ : ४६

काठमाडौँ । भोलि हुने संसदीय समितिको सभापति निर्वाचनका लागि उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । यसै क्रममा कृषि तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणा देउवाले उम्मेदवारी दर्ता गरेकी छन् ।
त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रामहरि खतिवडाले पनि आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खानको उम्मेदवारी दर्ता भएको छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जसपाका राजकिशोर यादवको उम्मेदवारी दर्ता भएको छ ।
त्यसैगरी अर्थ समितिमा नेपाली कांग्रेसका सन्तोष चालिसेको उम्मेदवारी दर्ता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म
-
सामुदायिक वनभित्र महिलाको शव फेला