८० प्रतिशत छायांकन सकेर काठमाडौँ फर्कियो ‘हामी तीन भाइ’
काठमाडौँ । मधुसुदन भट्टराईको निर्देशन रहेको फिल्म ‘हामी तीन भाइ’ युनिट काठमाडौँ फर्किएको छ । उपत्यका बाहिरको विभिन्न स्थानमा ८० प्रतिशत छायांकन सकेपछि फिल्म युनिट काठमाडौँ फर्किएको हो ।
निर्देशक भट्टराईले फिल्मको बाँकी २० प्रतिशत छायांकन काठमाडौँमै गर्ने बताए । फिल्मको अव काठमाडौँमा एक गीत र केही दृश्यको छायांकन हुनेछ ।
साजित महत प्रस्तुतकर्ता रहेको फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा यादव देवकोटा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल, पवन केसी, अन्जु हमाल, विकास चापागाई, सुष्मा निरौला, राज दिप, तारा शर्मा र बाल कलाकार एलेक्स खड्का लगायतको अभिनय रहनेछ ।
निर्देशक भट्टराईको कथा रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता र प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ सह–निर्माता रहेको फिल्ममा विशेष सहयोगीमा शम्भु कुमार केसी र मनोज श्रेष्ठ रहेका छन् ।
प्रसिद्धि सिने आट्सको ब्यानरमा निर्माण भएको फिल्ममा शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, एसबी सापकोटाको संगीत रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–पोखरा सडक : पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार
-
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
-
थोरै फिल्म होस्, तर राम्रो छान्छु : वर्षा राउत
-
मेलामा कुटपिट गर्ने ५ जनामाथि मुद्दा दायर
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)