मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

आइसिटी फोरम गठन : प्रचण्डले रिमोट थिचेर गरे उद्घाटन

आइतबार, १० भदौ २०८०, १४ : २५
आइतबार, १० भदौ २०८०

काठमाडौँ । माओवादी केन्द्रले आइसिटी फोरम गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिस डाँडामा प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिमोट थिचेर आइसिटी फोरमको विधान खोलेर उद्घाटन गरेका छन् ।

पछिल्लो समय त्याग समर्पण भन्दा पनि हल्ला कै भरमा सङ्गठन बनाउने ट्रेन देखिएको हुँदा त्यस्तो तरिकालाई क्रस गर्ने गरी सकारात्मक काम मार्फत पार्टीलाई जनतामा स्थापित गर्न सो सङ्गठन गठन गरिएको प्रधानमन्त्री प्रचण्ड बताए । 

‘अहिलेको युग सूचना प्रविधिको युगको रूपमा स्थापित भएको छ । यसको महत्त्व कति छ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ’, उनले भने, ‘विज्ञान र प्रविधिको महत्त्व बुझेर त्यसलाई महत्त्व दिएका राजनीतिक दल सफल हुने र नदिए असफल हुने  देखिएको छ । त्यसैले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय अनुसार आइसिटी  फोरमको गठन गर्ने निर्णय गरिएको छ ।’ 

prachanda1

उनले यो सङ्गठन ग्रास रुटसम्म बिस्तार हुने पनि बताए ।‘ समाजवादको आधार तय गर्नको लागि जनतासम्म पुग्ने गरी यस सङ्गठनले पार्टीका नीति, विचार र कालाई प्रचार गर्नेछ । यसले पार्टीको प्रचार संयन्त्रको रूपमा काम गर्छ । आइसिटी फोरमले हल्ला कै भरमा सङ्गठन बनाउने ट्रेन तरिकालाई  क्रस गर्दै विचार सिद्धान्त र नीतिलाई जनतामा स्थापित गर्नेछ’, प्रचण्डको भनाइ छ । 

पार्टीको तीन महिने अभियान कति सफल हुन्छ भन्ने कुरा सूचना प्रविधिको प्रयोग कति गर्छौ त्यसमा भर पर्ने बताउँदै सोही अनुरुप काम गर्न नवगठित आइसिटी फोरमलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन समेत दिए । 

कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटा , जवसका इन्चार्ज पम्फा भुसाल , सूचना तथा सञ्चार मन्त्री रेखा शर्मा लगायतको उपस्थिति थियो ।

prachanda2agnirekha

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप