कानुन, न्याय तथा मानवअधिकार समितिमा माओवादीकी सुवेदीद्वारा मनोनयन दर्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति पाएको छ । माओवादीकी सांसद विमला सुवेदीले समितिको सभापति पदमा मनोनयन दर्ता गरेकी हुन् ।
सुवेदीको प्रस्तावकमा माओवादी सांसद पूर्णबहादुर घर्ती रहेका छन् भने समर्थकमा कांग्रेस सांसद रमेश लेखक, एमाले सांसद महेश बर्ताैला र राप्रपा सांसद ध्रुवबहादुर प्रधान रहेका छन् ।
यसअघि १० वटा विषयगत समितिमध्ये माओवादी केन्द्रले विकास समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति पाएको थियो । तर पूर्वाधार तथा विकास समितिको सभापति राप्रपाले पाएपछि माओवादी केन्द्रका सांसद माधव सापकोटा आउट भएका छन् ।
माओवादीले पाएकामध्ये एक समिति रोज्न राप्रपालाई दिइएको थियो । दुईमध्ये रापप्रपाले विकास समिति रोजेपछि सापकोटा आउट भएका हुन् । पूर्वाधार तथा विकास समितिको सभापति राप्रपाबाट दीपक सिंह उम्मेदवार हुने भएका छन् । ‘सहमतिका लागि हामीले पाएको समितिमध्ये विकास समिति राप्रपालाई दियौं’, माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् व्यवस्थापन गर्न नसकेको प्राधिकरणको स्वीकार, नदीमा छिट्टै बहाव बढ्ने आस
-
पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हाे : अर्थमन्त्री
-
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव : निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्न लाग्नुस्
-
कसले गर्यो केपी ओलीविनाको ‘एमाले’ कल्पना ?
-
सीईओ गोविन्द घिमिरेले सम्हाले एनएमबि बैंकको कार्यभार
-
संविधान र संघीयता कार्यान्वयनमा बाधा भइरहेको छ – मन्त्री लामिछाने