पूर्वाधार समितिबाट माओवादीका माधव ‘आउट’, राप्रपाका दीपक ‘इन्’

काठमाडौँ । पूर्वाधार तथा विकास समितिको सभापति राप्रपाले पाएपछि माओवादी केन्द्रका सांसद माधव सापकोटा आउट भएका छन् । १० वटा विषयगत समितिमध्ये माओवादी केन्द्रले विकास समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति पाएको थियो ।
तीमध्ये विकास समितिको सभापतिमा सापकोटा र कानुनमा विमला सुवेदीलाई बनाउने तयारी गरेको थियो । सोही बमोजिम सापकोटालाई बिहान १० बजे माओवादी संसदीय दलको कार्यालय बोलाइएको थियो । तर अन्तिममा गठबन्धन दलले रास्वपा र राप्रपालाई समेत सभापति दिने निर्णय गरेपछि कांग्रेस र माओवादी एक/एक समिति घटुवामा परेका हुन् ।
माओवादीले पाएकामध्ये एक समिति रोज्न राप्रपालाई दिइएको थियो । दुईमध्ये रापप्रपाले विकास समिति रोजेपछि सापकोटा आउट भएका हुन् । पूर्वाधार तथा विकास समितिको सभापति राप्रपाबाट दीपक सिंह उम्मेदवार हुने भएका छन् । ‘सहमतिका लागि हामीले पाएको समितिमध्ये विकास समिति राप्रपालाई दियौं’, माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना