शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
कलाकार सानु ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि
अन्तिम बिदाइ

कलाकार सानु ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि

आइतबार, १० भदौ २०८०

काठमाडौँ । शनिबार निधन भएका कलाकार सानु ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि पशुपति आर्यघाटमा केही घण्टा राखिएको थियो । ताम्राकारको पार्थिव शरीरलाई कलाकार, आफन्त र शुभेच्छुकले लगायत थुप्रैले श्रद्धाञ्जली दिए । 

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले कलाकार संघको झण्डा ओढाएर उनलाई श्रद्धाञ्जली दिए । ताम्राकारको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, दीपकराज गिरी, दीपाश्री निरौला, केपी पाठक, नीर शाह, रवि गिरी, वसुन्धरा भुसाल लगायत थुप्रै कलाकर्मी पशुपति पुगेका थिए । 

कलाकार संघका पूर्वकार्यवाहक अध्यक्ष समेत रहेका ताम्राकारको श्रद्धाञ्जली र दाहसंस्कारको संयोजन कलाकार संघले गरेको थियो ।

७४ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएका ताम्राकार २८ दिनदेखि उपचाररत थिए । गत असार २१ गते छोरा तथा अभिनेता सारुकको निधन भएपछि उनी पुत्र वियोगमा बिरामी परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया