संसदीय समितिको सभापतिमा माओवादीबाट माधव सापकोटा र विमला सुवेदी

काठमाडौँ । माओवादी केन्द्रले ‘मिनी पार्लियामेन्ट’को रूपमा रहेको संसदको १० वटा विषयगत समितिमध्ये २ वटामा माधव सापकोटा र विमला सुवेदीलाई सभापति बनाउने भएको छ । सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार माओवादी केन्द्रले पूर्वाधार विकास र कानुन, न्याय तथा मानवअधिकार समिति पाएको थियो ।
जसअनुसार सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद माधव सापकोटालाई पूर्वाधार विकास समितिको सभापति बनाउने भएको छ । कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति नुवाकोटकी बिमला सुवेदीलाई बनाउने निर्णय भएको एक नेताले जानकारी दिए ।
‘माओवादीले पाएको समितिको सभापति टुंगो लागेको छ । यसै विषयमा अन्तिम रूप दिन संसदीय दलमा बैठक बस्दैछ । दलले टुंग्याएपछि मनोनय दर्ताका लागि अगाडि बढ्छौं’, तीन नेताले भने ।
सभापतिको लागि मनोनयन दर्ताका लागि बहान ११ बजेदेखि दिउँसो ४ बजे समय निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र युआन, दिराम, दिनार र रियालको मूल्य ?
-
पोखरामा सवा अर्ब लगानीमा बुटिक होटल
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम