जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतिको उम्मेदवार यादवलाई बनाउने
आइतबार, १० भदौ २०८०, ११ : ४९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिको उम्मेदवार राजकिशोर यादवलाई बनाउने भएको छ ।
जसपा संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवका अनुसार पार्टीले राजकिशोर यादवलाई सो समितिको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिको भागबण्डामा जसपाले अन्तर्राष्ट्रिय सम्बध र पर्यटन समिति पाएको थियो ।
सोहीअनुसार आज हुने मनोनयका लागि सत्ता गठबन्धनका सबै दल पार्टी संसदीय दलको कार्यालयमा भेला हुने र त्यहीँबाट एकैपटक उम्मेदवारी दिनका लागि जाने प्रमुख सचेतक यादवले बताए ।