दाङका प्रजिअ सुशील वैद्य जिम्मेवारीबाट हटाइए

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई जिम्मेवारीबाट हटाइएको छ । वैद्यलाई गृह मन्त्रालयमा तानिएको मन्त्रालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई जानकारी दिएका हुन् ।
बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा उनलाई फरार प्रतिवादी बनाउन केन्द्रीय अनुसन्धान ब्यूरोले राय दिएको छ । प्युठानको प्युठान नगरपालिका वडा नम्बर–४ घर भएका वैद्य मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत हुँदा ‘संगठित किर्ते’मा संलग्न रहेको ब्यूरोको अनुसन्धान निष्कर्ष छ । ब्यूरोको अनुसन्धान प्रतिवेदनको २४१ नम्बरमा उनलाई ‘फरार प्रतिवादी’ उल्लेख गरिएको छ ।
भदौ ५ मा सीआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ७७१ पेज लामो अनुसन्धान प्रतिवेदन बुझाएको थियो । जग्गा फिर्ता लिने प्रयोजन भन्दा बाहेकका २३८ जनालाई ‘संगठित किर्ते’ गरेर जग्गा हिनामिना गरेको कसुरमा प्रतिवादी कायम गरिएको छ । सरकारी वकिलले आज अदालतमा अनुसन्धान प्रतिवेदन दर्ता गर्दै छ ।
ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको ब्यूरोको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर
-
साई सुदर्शनको रन वर्षा जारी, राजस्थानसामु जितका लागि २ सय १८ रनको लक्ष्य
-
शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
-
नेपालको जीतमा बन्यो यस्तो रेकर्ड