जोशीलाई संसदीय समितिको सभापति बनाउने एकीकृत समाजवादीको तयारी
आइतबार, १० भदौ २०८०, ०९ : ३३

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक जारी छ । बैठक पार्टी कार्यालयमा साढे आठ बजेबाट सुरु भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा संसदीय समितिका सभापति चयनबारे छलफल हुने नेताहरूको भनाई छ ।
एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पाउने सत्ता गठबन्धनमा सहमति भैसकेको छ । सो समितिको सभापति कसलाई बनाउने भन्ने बैठकले निर्णय गर्ने बुझिएको छ । समितिको सभापतिमा बझाङका सांसद भानुभक्त जोशीलाई उम्मेदवार बनाउने चर्चा चलेको छ । समितिको निर्वाचन भदौ ११ गते सोमबारलाई तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?
-
ठूला परियोजना सञ्चालनको तयारीमा छौँ : अध्यक्ष ढकाल
-
नयाँ वर्षको पहिलो दिन जाजरकोटमा भूकम्प
-
सुनसरीमा गोली चलाउने व्यक्तिको पहिचान खुल्यो