बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इन्जिनियरिङ्ग संकायको वृद्धि गरिएको अध्ययन शुल्क तत्काल फिर्ता गर्न काफ्लेको माग

शनिबार, ०९ भदौ २०८०, २२ : १०
शनिबार, ०९ भदौ २०८०

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक कुन्दनराज काफ्लेले इन्जिनियरिङ्ग संकायको वृद्धि गरिएको अध्ययन शुल्क तत्काल फिर्ता गर्न माग गरेका छन् । शुल्क वृद्धिको विरोधमा अनशनरत विद्यार्थीहरुको आन्दोलनमा एेक्यवद्धता जनाउँदै उनले इन्जिनियरिङ्ग अध्ययन संस्थानले शुल्क वृद्धिको निर्णय फिर्ता लिनुपर्ने बताएका हुन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व महामन्त्रीसमेत रहेका सचेतक काफ्लेले अनशनरत विद्यार्थीको स्वनस्थ्य अवस्था बिग्रन नदिन इन्जिनियरिङ्ग अध्ययन संस्थानका डिनले विद्यार्थीहरुलाई मर्का पर्ने गरि गरिएको शुल्क वृद्धि फिर्ता लिएर अघि बढ्न आवश्यक रहेको बताए ।

‘इन्जिनियरिङ्ग अध्ययन संस्थानले विद्यार्थीलाई मर्का पर्ने गरि १४४ प्रतिशतले बढाएको शैक्षिक शुल्क फिर्ता लिनुपर्ने माग राख्दै नेपाल विद्यार्थी संघ पुल्चोक इन्जिनियरिङ क्याम्पसका इकाई सभापति एवम् चौथो वर्षमा अध्ययनरत विद्यार्थी सुवास चापागाई ५ दिनदेखि अनशनरत छन्, उनको स्वास्थ्य दिनानुदिन बिगर्दै गएको अवस्थामा अब आइओको डिनले तत्काल शुल्क वृद्धि फिर्ता लिएर अगाडि बढ्न आवश्यक छ’ उनले भने ।

शिक्षित युवा विदेशिने क्रम बढिरहेको समयमा सरकारी क्याम्पसले अचानक गरेको शुल्क वृद्धिको असर निजी इन्जिनियरिङ्ग कलेजमा स्वतः बढ्ने र यसले न्युन आए भएका जेहेन्दार विद्यार्थीलाई  इन्जिनियरिङ्ग पढ्नबाट बन्चित गराउने निश्चित रहेको उनको भनाई छ ।

kundan

शुल्क वृद्धिले अध्ययनभन्दा विदेश पढ्न जाने प्रवृत्तिलाई प्रोत्साहन गराउने र देश बनाउने इन्जिनियर विदेशिनु देशको लागि ठुलो क्षति पुग्ने उनको ठम्याइ छ । उनले सरकारी शैक्षिक संस्थाले देशलाई आवश्यक दक्ष इन्जिनियर उत्पादन गर्ने काम भन्दा चर्को शैक्षिक शुल्क असुलेर लुटको धन्दातर्फ लागेको आरोप समेत उनले लगाए ।

त्रिभुवन विश्वविद्यायको  इन्जिनियरिङ्ग अध्ययन संस्थान को कार्यान्वयन समितिको २०८०–०४–२५ गतेको निर्णयअनुसार आङ्गिक क्यापसमा इन्जिनियरिङ्ग अध्ययन गर्न ८०–८१ को भर्ना बाट नयाँ शैक्षिक शुल्क निर्धारण गर्यो।  जुन २०८०–८१ को भर्ना समूह देखि लागू हुने गरि नियमित तर्फको रु ३८,९८८ बाट ८३, ४२० र पूर्ण शुल्कीय तर्फको पूर्ण शुल्कीयय तर्फको  ३,१८,८८० बाट ७,७५,४२० कायम गरेको छ।

जुन १४४ प्रतिशतले वृद्दि भएको छ । ‘शिक्षित युवा विदेशिने क्रम बढिरहेको समयमा सरकारी क्याम्पसले अचानक गरेको मूल्य वृद्दिको असर निजी इन्जिनियरिङ्ग कलेजमा स्वतः बढ्ने छ। यसले न्युन आए भएका जेहेन्दार विद्यार्थिलाई  इन्जिनियरिङ्ग पढ्नबाट बन्चित गराउने निश्चित छ।

यसले देशमा पढ्नुभन्दा विदेश पढ्न जान प्रोत्साहन गराउने र देश बनाउने इन्जिनियर विदेशिनु देशको लागि ठुलो क्षति पुग्नु हो। सरकारी शैक्षिक संस्थाले देशलाई आवश्यक दक्ष इन्जिनियर उत्पादन गर्ने काम भन्दा चर्को शैक्षिक शुल्क लियर अब लुट धन्दामा लागेको स्वतः देखिन्छ।

उनले शुल्क वृद्धिको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित रहेको र तत्काल वार्तामा बसेर वृद्धि गरेको शुल्क फिर्ता लिनुको विकल्प नरहेको समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप