अहिलेजस्तो सङ्कट नेपालमा कहिले पनि थिएन : प्रवक्ता सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले संसद् पुनर्स्थापना गराउनु माओवादीको ठुलो जित भएको बताएका छन् । माओवादी केन्द्र आफ्नो योजना, सिद्धान्त र विचारमा प्रस्ट भएको कारण नै यो सब सम्भव भएको सापकोटाले बताएका हुन् ।
प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको जस्तो सङ्कट नेपालमा कहिले पनि नभएको बताए । ‘कुन बेला के हुन्छ भन्ने ठेगान नै छैन । संसारमा नभएको टक्कर नेपालमै भइरहेको छ,’ सापकोटाले भने ।
यसबाट बचाउनका लागि माओवादीले नै अगुवाइ गर्नु पर्ने र त्यसका लागि एकताबद्ध हुनु पर्ने कुरामा उनको जोड थियो । उनले पार्टीलाई विधि र सिद्धान्तको आधारमा अगाडि बढाउनु पर्ने जिकिर गरे ।
‘पलपल समाज परिवर्तन भइरहेको छ । हामी पनि समयअनुसार अगाडि बढ्नु पर्छ,’ सापकोटाले भने, ‘बिचार, नीति, योजनामा बहस गर्नु आवश्यक छ । तीन महिनाका लागि संगठनमा अर्जुनदृष्टि लगाउनु पर्नेछ । यो तीन महिने अभियान यस्तो ऐतिहासिक मोडमा पुगेको छ । यदि यो अभियान सफल भएन भने पार्टी मात्र समाप्त हुँदैन देश पनि समाप्त हुन्छ ।’
तीन महिने अभियान सफल बनाउन सबैका लागो चुनौती भएको तर यो सफल हुने आशा व्यक्त गरे । उनले सबैको परीक्षा सुरु भएको बताउँदै यसमा सबैजना पास हुनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई