६ जना फोटोग्राफरहरूको तस्बिर एकै ठाउँमा
काठमाडौँ । नेपालका ६ जना फोटोग्राफरहरूले विभिन्न विषयमा खिचेको तस्बिरहरूको प्रदर्शनी ‘एउटा भन्ने तरिका’ वा ‘अ वे अफ टेलिङ’ धौगलमा रहेको पाटन हाउसमा सुरु भएको छ । शुक्रवार बेलुकी उद्घाटन भएसँगै यसको प्रदर्शनी प्रारम्भ भएको हो ।
फोटो सर्कल नेपालले अन्य अन्तर्राष्ट्रिय संस्थासँग मिलेर सञ्चालन गरेको इन्टरनेशनल स्टोरीटेलिङ वर्कसप २०२३ अन्तर्गतको यो प्रदर्शनी एक महिनासम्म चल्नेछ । ओस्लो मेट्रोपोलिटन युनिभर्सिटी, पाठशाला साउथ एसियन मिडिया इन्स्टिच्युट र फोटो सर्कल नेपालको सहभागितामा ४५ दिन सम्म ६ जना नेपाली फोटोग्राफर वर्कसपमा सहभागी भएका थिए ।
नेपाली फोटोग्राफरका अलावा वर्कसपमा ६ बङ्गलादेशी र ९ नर्वेजियन फोटोग्राफरको पनि सहभागिता थियो । वर्कसपका दुई सेसन म्याडस् निस्सन र मुनेम वासिफले सञ्चालन गरेका थिए ।
हाल प्रदर्शनीमा राखिएका तस्बिरहरूले नेपालका विभिन्न क्षेत्रका कथाहरू देखाउँछन् । मित्रता, बढ्दो सहरीकरणको प्रभाव, प्रकृति, लैङ्गिकता र हराउँदै गएका मौलिकताबारे फोटो मार्फत देखाएको छ ।
प्रदर्शनीमा अमित मचामसी, असिम बाँस्तोला, डेनिस महर्जन, निशा खालिङ् राई, निष्ठ थापा श्रेष्ठ र सुन्दुप दोर्जे लामाले खिचेका तस्बिरहरू राखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित