लोसपाले मनायो स्थापना दिवस
शनिबार, ०९ भदौ २०८०, १५ : २४

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले स्थापना दिवसका अवसरमा पार्टीको झण्डोत्तोलन गरेको छ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको झण्डोत्तोलन गरे ।
लोसपा स्थापनाको दुई वर्षका अवसरमा झण्डोत्तोलनसहित नेता एवं कार्यकर्ताबीच शुभकामना आदानप्रदान गरिएको लोसपाका नेता केशव झाले जानकारी दिए । सो अवसरमा लोसपाका अध्यक्ष ठाकुरले आफूहरुले उठाउँदै आएको मुद्दा सम्बोधन नभएसम्म एकताबद्ध भएर थप पहलकदमी लिन जरुरी भएको बताएका थिए ।
उनले पार्टी स्थापनाका अवसरमा नेता कार्यकर्ताबीच आपसी भाइचारा र सहअस्तित्व कायम गरी राजनीतिक विचारधाराको सम्वद्र्धनमा सक्रियरुपले लाग्न पनि आग्रह गरे । कार्यक्रममा लोसपाका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक