भ्रष्टाचार र संगठित अपराधविरुद्धको अनुसन्धान फितलो भएको भन्दै खबरदारी (तस्बिरहरू)
_JICOatIYVT.jpg)
काठमाडौँ । भ्रष्टाचार र संगठित अपराधविरुद्धको अनुसन्धान प्रभावकारी नभएको भन्दै काठमाडौँकाे भद्रकालीमा विरोध प्रदर्शन भएको छ । शनिवार बृहत् नागरिक आन्दोलनले भ्रष्टाचार र संगठित अपराधविरुद्धको अनुसन्धान फितलो भएको भन्दै खबरदारी गरेको हो ।
ललिता निवास, नक्कली शरणार्थी र सुन तस्करी प्रकरणमा अनुसन्धान प्रक्रिया फितलो भएको भन्दै नागरिक अगुवाहरूले खबरदारी गरे । यी प्रकरणमा गरिएको चयनात्मक अनुसन्धान र अभियोजनले सरकार नै भ्रष्टाचार र संगठित अपराधलाई प्रश्रय दिन उद्यत रहेको पुष्टि हुने आन्दोलनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
ललिता निवास प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई छानबिनको दायरामा ल्याउन, सर्वोच्च अदालतले दिएको आदेशको यान्त्रिक पालना गरेको देखाउन बयान लिने औपचारिकता पूरा गरेर उनीहरूलाई अभियोजन नगरी साक्षीका रूपमा उन्मुक्ति दिएको विज्ञप्तिमा दाबी गरिएको छ।
यी सबै प्रकरणमा अहिले अनुसन्धान जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध