बढ्यो अम्रिसोको निर्यात, साउन महिनामा १२ करोड भित्रियो
शनिबार, ०९ भदौ २०८०, १३ : २२
![बढ्यो अम्रिसोको निर्यात, साउन महिनामा १२ करोड भित्रियो](https://rpcdn.ratopati.com/media/albums/amriso_IyemOgQZKb.jpg)
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा १२ करोड ७ लाख रुपैयाँको अम्रिसो निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा १२ करोड रुपैयाँभन्दा बढीको १० लाख किलोग्राम अम्रिसो निर्यात भएको हो ।
चालू वर्षको पहिलो महिना भएको निर्यात गत वर्षको सोही अवधिको तुलनामा बढी हो । गत वर्षको साउन महिनामा ५ करोड ५ लाख ४५ हजार रुपैयाँको अम्रिसो निर्यात भएको थियो । उक्त अवधिमा १० लाख ११ हजार किलोग्राम अम्रिसो निर्यात भएको थियो ।
भन्सार विभागको तथ्यांक हेर्दा चालू वर्ष र गत वर्षको साउन महिनामा १० लाख किलोग्राम अम्रिसो नै निर्यात भएको थियो । तर, यसबापत आउने मूल्य भने दोब्बरले बढेको देखिएको छ । नेपालबाट निर्यात हुने सम्पूर्ण अम्रिसो भारततर्फ जान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’
-
सप्तरीमा रु चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै
-
मुस्ताङको लुरी गुम्बा ओझेलमा