धरानमा केही भएको छैन : निवर्तमान नगर प्रमुख
शनिबार, ०९ भदौ २०८०, १३ : ०७

धरान । बाहिर सुनिएजस्तो धरान अशान्त नरहेको धरानका निवर्तमान प्रमुख तिलक राईले बताएका छन् । उनले पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा अप्रमाणित तस्बिर पोष्ट गरेर अशान्तिको बीउ छर्न खोजिएको पाइएको समेत बताए ।
उनले धरानमा चर्चको कुरा आउँदा नगरप्रमुखले समन्वय नगरेको, विवाद सिर्जना हुँदा अभिभावकीय भूमिका ननिभाएका कारण पनि समस्या आएको बताए । यस्तै खानेहरूले प्रचार गर्नुपनि गल्ती गरेको उनको भनाई छ । धरानमा गाईको हत्या नगरिएको बताउँदै उनले अफवाह फैलाउँदा समस्या रहेको बताए ।
‘अरूलाई फिल हुने गरि अर्को समुदाय लक्षित गतिविधि हुँदा समस्या आयो,’ उनले भने, ‘गोरू काण्डले धेरै समस्या नल्याएको तर, चर्चदेखि चित्त दुखाएका ओमकार परिवार दुःखी बनेका देखिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन