निषेधाज्ञाको असर
निषेधाज्ञाका कारण शान्त धरान, व्यापार व्यवसाय भने ठप्प
शनिबार, ०९ भदौ २०८०, १२ : २८

सुनसरी । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि शनिवार बिहानैदेखि धरान शान्त देखिएको छ । मानिसहरूको चहलपहल न्यून देखिएको छ भने व्यापार व्यवसाय पनि ठप्प रहेको छ ।
निषेधाज्ञाका कारण धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधन चलेका छैनन्। सडकहरूमा प्रहरीले उच्च सतर्कता अपनाएको छ ।
धरान प्रवेश गर्ने नाका तथा मुख्य चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । गौहत्याको विरोधमा हिन्दु्वादीहरुले प्रदर्शन गर्न थालेपछि सम्भावित खतरालाई लक्षित गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँमा अझै बालविवाह, निस्दीमा सचेतनामूलक कार्यक्रम
-
लहानमा राजमार्गका होटल अनुगमन
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध