सातामा २० अंक घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज परिसूचक २० अंकले घटेको छ । गत साताको बिहीबारको तुलनामा यो साताको सोही अवधिसम्म २० अंकले घटेर परिसूचक बन्द भएको हो । गत साताको बिहीबार नेप्से परिसूचक २०३३ अंकमा थियो । जुन, यो साता १ प्रतिशतले घटेर २०१३ अंकमा आएर रोकिएको हो ।
यो साता ५ दिन कारोबार भएको नेप्से परिसूचक ३ दिन घटेको थियो । २ दिन भने परिसूचक बढेको थियो । सातामा आइतबार, सोमबार र बिहीबार परिसूचक घटेको हो । आइतबार २१ अंकले घटेको परिसूचक सोमबार १२ अंकले घटेको थियो ।
यस्तै, साताको अन्तिम कारोबार दिन ३१ अंकले परिसूचक घटेको थियो । यसबाहेक, मङ्गलवार १७ अंक र बुधवार २९ अंकले बढेको थियो । परिसूचकसँगै यो साता कारोबार रकम पनि घटेको छ ।
नेप्सेमा यो साता ७ अर्ब २५ करोड रुपैयाँ हाराहारीको कारोबार भएको छ । जुन गत साताको तुलनामा ३ अर्ब २५ करोडले कम हो । गत साता नेप्सेमा १० अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
परिसूचक र कारोबार रकम घटेको साता नेप्सेको पुँजीकरण समेत घटेको छ । यो साता १ प्रतिशतले पुँजीकरण घटेर ३० खर्ब १४ अर्ब रुपैयाँमा आएको छ । गत साता नेप्सेको पुँजीकरण ३० खर्ब ४३ अर्ब रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा भूकम्पको धक्का
-
पोप फ्रान्सिसको अवस्था अझै गम्भीर
-
लुम्बिनी प्रदेश : योजनाविना धमाधम कोल्ड स्टोर निर्माण, सञ्चालनमा छैन ध्यान
-
निर्माण भएका कोल्ड स्टोर बाह्रै महिना चलाउन पहल गर्नेछौँ ः कृषिमन्त्री पन्थी
-
लुम्बिनी प्रदेशमा चिस्यान केन्द्र दिगो व्यवस्थापन कसरी गर्ने ?
-
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान