धरान जाँदै हिन्दुवादीहरू, राप्रपाका नेताहरूको अगुवाइ
_9d6fm1wYgC.jpg)
विराटनगर । गौहत्याको विरोधमा हिन्दुवादीहरू र्यालीसहित धरान जाने तयारी गरेका छन् । विराटनगरको कञ्चनबारीमा भेला भएका हिन्दुवादीहरू र्यालीसहित धरान हिँडेका हुन् । र्यालीको नेतृत्व राप्रपाका नेताहरूले गरिरहेका छन् । उनीहरूले गणतन्त्र तथा वर्तमान सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् भने हिन्दु राष्ट्र बनाउनुपर्ने माग गरिरहेका छन् । स्थितिलाई नियन्त्रणमा राख्नका लागि प्रहरीले विराटनगरको बीच बाटोमा नै चेकजाँचलाई कडाइ गरेको छ ।
उता, स्थानीय प्रशासनले धरानका विभिन्न स्थानमा निषेधाज्ञा नै जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गर्दै सूचना जारी गरेकी हुन् ।
धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नपा १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी नपा ६ नं.बाट बराहक्षेत्र नपा वडा नं. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं.२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गापा वडा नं। ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
यता, धरानका सबै राजनीतिक दलहरूले पनि सामाजिक सद्भाव कायम गर्न र द्वन्द्वको वातावरण अन्त्य गर्न सबै पक्षलाई अपिल गरेका छन् । शुक्रबार बसेको सर्वदलीय बैठकले विगत केही दिनदेखि धरानमा देखिएको असहज परिस्थितिले सामाजिक सद्भाव, सहिष्णु वातावरण बिथोलिने आशङ्का उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध