साउनमा भारततर्फ ८७ लाखको गोलभेँडा निर्यात
_FqsdjK6J67.jpg)
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालबाट भारततर्फ ८७ लाख ३० हजार रुपैयाँको गोलभेँडा निर्यात भएको छ । भारतमा गोलभेँडाको मूल्यमा अश्वभाविक मूल्यवृद्धि भएपछि नेपालबाट आयात खुलाइएको थियो
। भारतकी अर्थमन्त्री निर्मला सितारमणले नेपालबाट भारतका तीन राज्यमा गोलभेँडा आयात खुलाउने बताएकी थिइन् । भारतीय सञ्चारमाध्यममा लेखिएअनुसार उनले तीन राज्यमा नेपालबाट आयात खुलाउँदा मूल्य घट्न सहयोगी भूमिका खेल्ने बताएकी थिइन् ।
केही समय आयात रोकिए पनि पुनः खुलेपछि नेपालबाट भारततर्फ ६ लाख ७० हजार किलोग्राम गोलभेँडा निर्यात भएको छ । साउन महिनाको तथ्याङ्क सार्वजनिक गर्दै भन्सार विभागले उक्त परिमाणको गोलभेँडा भारत निर्यात भएको जनाएको हो । यद्यपि, यस अवधिमा भारतबाट समेत गोलभेँडा आयात भएको छ । भारतबाट नेपालतर्फ ३८ हजार ९५० किलोग्राम गोलभेँडा आयात भएको तथ्याङ्क छ । यसबापत नेपालबाट ९ लाख ९० हजार रुपैयाँ बाहिरिएको छ ।
नेपाल र भारतबीच १८ सय किलोमिटरभन्दा लामो खुला सिमाना रहेकाले यो तथ्याङ्क आधिकारिक भने होइन । औपचारिक माध्यमबाट आयात–निर्यातको आधिकारिक भए पनि अनौपचारिक माध्यमबाट समेत गोलभेँडा आयात–निर्यात हुने गरेको सरकारी अधिकारीहरू नै बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर
-
साई सुदर्शनको रन वर्षा जारी, राजस्थानसामु जितका लागि २ सय १८ रनको लक्ष्य
-
शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
-
नेपालको जीतमा बन्यो यस्तो रेकर्ड