घट्न थाल्यो गोलभेडाको मूल्य, यस्तो छ अन्य तरकारीको मूल्यसूची
काठमाडौँ । प्रतिकिलो डेढसय हाराहारी पुगेको गोलभेडाको थोक मूल्य घट्न थालेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार महँगीको मारमा परेको गोलभेडाको भाउ विस्तारै घट्न थालेको हो ।
विकास समितिकाअनुसार आज ठूलो नेपाली गोलभेडाको थोक मूल्य प्रतिकिलो ८५ रुपैयाँ छ । हिजो पनि यही मूल्यमा कारोबार भएको गोलभेडा विहीबार भने प्रतिकिलो १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज भारतीय ठूलो गोलभेडाको मूल्य प्रतिकिलो १०५ रुपैयाँ छ । विहीबार भारतीय ठूलो गोलभेडाको थोक मूल्य प्रतिकिलो १५० रुपैयाँ थियो । यसबाहेक, आज सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५१ रुपैयाँ छ ।
विकास समितिकाअनुसार रातो आलु ५३ रुपैयाँमा कारोबार भइरहेको छ भने सुकेको प्याजको थोक मूल्य प्रतिकिलो ७४ रुपैयाँ छ । यस्तै, गाजर ११०, बन्दा ५०, काउली ६५ रुपैयाँ र रातो मुला ६५ रुपैयाँ छ ।
विकास समितिको वेभसाइटमा प्रकाशित मूल्यसूचीअनुसार लाम्चो भन्टाको थोक मूल्य ६५ रुपैयाँ, बोडीको ८५ रुपैयाँ, घिउ सिमिको ८६ रुपैयाँ भने तितेकरेला ८६ रुपैयाँ प्रतिकिलो हुँदा परवर ६० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबिच भगिनी सम्बन्ध
-
विराट कोहलीले छक्का प्रहार गर्दा सुरक्षाकर्मी घाइते, टाउकोमै बज्रियो बल
-
सरकारको निर्देशन कार्यान्वयनबारे नागरिकबाट खबरदारी गर्न मुख्यमन्त्री आचार्यको आग्रह
-
ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
-
नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय : सभामुख
-
मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय