मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘नेसनल आईसीटी स्कलरसिप– २०८०’ को लागि आवेदन खुला

शनिबार, ०९ भदौ २०८०, ०९ : ३८
शनिबार, ०९ भदौ २०८०

काठमाडौँ । नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारमा विगत ३१ वर्षदेखि कार्य गर्दै आइरहेको कम्प्युटर एसोसिएसन नेपाल महासङ्घले प्राविधिक शिक्षा तर्फ विगत चार वर्ष देखि प्रदान गर्दै आइरहेको छात्र वृत्तिको ‘नेसनल आईसीटी स्कलरसिप– २०८०’ को लागि आवेदन खुला गरेको छ । 

क्यान महासङ्घले, राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरूको सहयोगमा गरिब, जेहेन्दार, विद्यार्थीहरूको लागि छात्रवृत्ति प्रदान गर्दै आएको विदितै छ । यो छात्रवृत्ति काठमाण्डौंको मैतीदेवीमा रही विगत दुइ दशकभन्दा बढी समय देखि सूचना प्रविधि विषयमा अध्यापन गराउने कलेज – लर्ड बुद्ध एजुकेसन फाउन्डेसन सँगको सहकार्यमा सुरु गरिएको हो । यो छात्रवृत्ति मार्फत यस वर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पुर्ण छात्रबृद्धि प्रदान गर्न लागिएको हो । 

‘नेसनल आईसीटी स्कलरसिप– २०८०’ मा देशको सातै प्रदेशका विद्यार्थीहरूले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने छ । ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुँच पुराउनमा यस कार्यले टेवा पुर्याउदै आएको छ । विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत हालसम्म ११० जना विद्यार्थीहरू अध्ययनरत छन् ।  

यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ ।  

क्यान महासङ्घ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन कलेजविच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् ।

छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत वि. एस. सी. आईटी को अध्ययन गर्न पाउनेछन् ।

नेपाल सरकारवाट मान्यताप्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अङ्क ल्याएका विद्यार्थीहरूले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासङ्घले केन्द्रीय स्तरमा निवर्तमान अध्यक्ष नवराज कुँवरको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल, ठाकुर कुमार श्रेष्ठ, भूपाल दास श्रेष्ठ, नारायण प्रसाद श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय राजु कट्टेल र सरिता न्यौपाने रहेको छात्रवृत्ति छनौट समिति गठन गरेको छ ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासङ्घको वेबसाइट www=can=org=np र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट www=lbef=org ​​​​​​​ मार्फत २०८० साल भदौ २० गतेभित्र आवेदन दिनुपर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप