कक्षा १२ उत्तीर्ण अधिकांश विद्यार्थीको रुझान व्यवस्थापनतर्फ

काठमाडौँ । विद्यार्थी त्यही विषय पढ्छन् जसको बजार छ । विश्व नै बजारमुखी बन्दै गएको अवस्थामा विद्यार्थीले बजारमा बिक्न सक्ने विषय अध्ययनमा रुचि राख्छन् । पछिल्लो एक दशकमा कक्षा १२ उत्तीर्ण अधिकांश विद्यार्थीको उच्च शिक्षा रुझान व्यवस्थापन विषय बनेको तथ्यांकले देखाएको छ ।
भलै हाम्रो देश कृषि प्रधान हो तर अचेल कृषि विषय पढ्न चाहनेको संख्या निकै न्यून रहेको विश्वविद्यालय अनुदान आयोगको तथ्याँकले देखाएको छ । एक दशक अघिसम्म कक्षा १२ पास गरेकामध्ये अधिकले शिक्षा शास्त्र अध्ययन गर्थे तर अहिले त्यस्तो छैन । सरकारले प्राविधिक शिक्षामा जोड दिने नीति लिए पनि उच्च शिक्षातर्फ यो विषय पढ्ने विद्यार्थीको रुचि खासै देखिँदैन ।
प्राविधिक शिक्षातर्फका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्ना प्रतिशत २२.१८ मात्र रहेको विश्वविद्यालय अनुदान आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ । शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार विगतका केही दशकमा मानविकी तथा सामाजिक संकायतर्फका विषयमा विद्यार्थीको रुझान बढी थियो । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा कमल विष्ट पक्राउ
-
अमेरिकामा नेतन्याहूले पाएनन् चाहेको समर्थन, ट्रम्पसँग देखियो मतभेद
-
अमेरिकाले लगाएको १०४ प्रतिशतको ट्यारिफबारे के भन्छ चीनको सरकारी मिडिया ?
-
अर्घाखाँचीमा आजदेखि दुई दिने पाणिनी तपोभूमि सम्मेलन हुँदै
-
मन्दिर परिसरमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला
-
मोटरसाइकलको ट्यांकीभित्र गाँजा राखेर तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ