विदेशी राष्ट्रिय गान बजाएको भन्दै मुख्यमन्त्रीद्वारा कार्यक्रम बहिस्कार
शुक्रबार, ०८ भदौ २०८०, २२ : ४६

बुटवल । नेपाली भूमिमा विदेशी राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरेका छन्।
रुपन्देहीमा शुक्रवार भएको किवानिस नेपालको पाँचौँ डिस्ट्रिक्ट महाधिवेशनको उद्घाटन समारोह मुख्यमन्त्री चौधरीले बहिष्कार गरेको उनको सचिवालयले जनाएको छ।
प्रमुख अतिथिको रूपमा मुख्यमन्त्री चौधरी सहभागी हुनु भएको कार्यक्रममा आयोजकले नेपाली राष्ट्रिय गानको अपमान गरी विदेशी राष्ट्रिय गान बजाएको र विदेशी गीतबाट कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री चौधरीले कार्यक्रम बहिस्कार गरेको मुख्यमन्त्री प्रेस सल्लाहकार गोपाल शर्माले बताए
नेपाल डिस्ट्रिक्ट महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्र र राष्ट्रियताप्रति प्रहार भएको भन्दै कार्यक्रम बहिस्कार गरेर निस्किएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प