६० किलो सुनमा सीआईबीको नियन्त्रणमा रहेका ३ चिनियाँ भारतमा पनि सुन तस्करीमा संलग्न

काठमाडौँ । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा अहिलेसम्म ३ जना चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’का अनुसन्धान अधिकृतहरूका अनुसार तिब्बतियन मूलका बेल्जियन नागरिक दावा छिरिङभन्दा माथिल्लो लेयरमा ३ जना चिनियाँ संलग्न छन् ।
उनीहरू हुन्, याओ पुचेङ्ग र ली वेन सुङ्ग छन् र जिक्वान लिन । उनीहरू भारतमा पनि सुन तस्करीमा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको छ । भारतको राजस्व अनुसन्धान निर्देशनालय (डीआरआई)ले सञ्चालन गरेको अपरेसन ‘गोल्डेन ट्याप’ र ‘मोल्टेन मेटल’ मा उनीहरू संलग्न देखिएका हुन् ।
सुनको धारा बनाएर हङकङबाट गरिने सुन तस्करी विरुद्धको अपरेशनलाई डीआरआईले ‘गोल्डेन ट्याप’ नाम दिएको थियो । एयर कार्गो रुटबाट हङकङ हुँदै दिल्लीमा हुने सुन तस्करीविरुद्ध डीआरआईले ‘मोल्टेन मेटल’ अपरेसन सञ्चालन गरेको थियो ।
ती दुईवटा अपरेशनले अहिले पक्राउ गरिएका ३ जना चिनियाँलाई कारबाही गरेको भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्–‘डीआरआईले राजस्व चुहावटसम्बन्धी मुद्दा चलाएको र त्यसमा छुटेपछि उनीहरू पुनः तस्करीमा लागेको खुलेको छ ।’
याओ पुचेङ्ग सुन तस्करीको समूहमा ‘एलेक्स’ नामले चिनिन्छन् । उनी २०७६ असोज २ मा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । त्यसबेला डीआरआईको टोलीले पुचेङ्गको साथबाट ६ किलो सुन बरामद गरेको थियो ।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट २०२२ मे महिनामा डीआरआईले ‘गोल्डेन ट्याप’ अपरेसन सञ्चालन गरेर ६१ किलो ५ सय ग्राम सुन बरामद गरेको थियो । अहिले काठमाडौँमा बरामद गरिएको सुनको तस्करी शैली र एयर कार्गो रुटबाट हङकङबाट हुँदै दिल्लीमा गरिने तस्करीको शैली समान देखिएको छ ।
भारतमा सुन तस्करीमा संलग्न भएर छुटेका ३ जना चिनियाँको अनुसन्धानमा सहयोग गर्न सीआईबीले प्रहरी प्रधान कार्यालयमार्फत ‘इन्टरपोल भारत’ र ‘इन्टरपोल हङकङ’सँग पत्राचार गरेर सहयोग मागेको छ ।
ली वेन सुङ्गलाई सुन तस्कर समूहले ‘अलि’ भनेर बोलाउँछन् । एलेक्स, अलि र जीक्वाङ लिन २०१९, २०२१ र २०२२ मा भारतमा सुन तस्करीमा संलग्न देखिएको अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाबाट सुरक्षा ग्यारेन्टी पाइने अपेक्षाबारे यस्तो भन्छन् जेलेन्स्की
-
नेपालमा बीवाईडी हाई–टेक विक सुरु
-
नेपाली कागज बनाउँदै कामदार, तस्बिरहरु
-
कांग्रेस सवा २ करोड नोक्सानमा, घाटाको ब्यालेन्स सिटमा ‘भेट्रान’ व्यवसायीको सिग्नेचर
-
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्री राणाको आग्रह
-
राजेन्द्र महतोको प्रश्न: मेरो पीएसओलाई किन फिर्ता बोलाइयो ?