सुन तस्करीको अनुसन्धान गर्न सीआईबीले माग्यो इन्टरपोलको सहयोग

काठमाडौँ । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले अनुसन्धान गरिरहेको छ । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको अनुसन्धान गर्ने जिम्मेवारी साउन २१ मा सीआईबीलाई दिएको थियो ।
असार ३० मा हङकङकबाट काठमाडौं ल्याइएको सो सुन् ‘रेडी ट्रेड प्रालि’ ले मगाएको हो । गिरोहले सुन भारत पठाउन खोजेको ब्युरोको अनुसन्धान निष्कर्ष छ । सुनबारे अनुसन्धान गर्न ब्युरोले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’को सहयोग मागेको छ ।
हङकङ, नेपाल र भारतबीच ‘त्रिदेशीय सङ्गठित समूह’ भेटिएपछि यसबारे अनुसन्धानमा सहयोगका लागि इन्टरपोललाई पत्राचार गरिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।
अनुसन्धान अधिकृतहरूका अनुसार प्रहरी प्रधान कार्यालयले इन्टरपोल हङकङ र इन्टरपोल भारतलाई पत्राचार गरेको छ । ‘प्रहरी प्रधान कार्यालय स्थित इन्टरपोल शाखामार्फत दुई देशका इन्टरपोल शाखामा पत्राचार गरिएको छ’ ती अधिकृत भन्छन्–‘पक्राउ गरिएकामध्ये ३ जना चिनियाँ नागरिक यसअघि भारतमा सुन तस्करीमा संलग्न रहेको देखिन्छ ।’
पक्राउ गरिएका ४ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । सुन तस्करीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’को हिरासतमा अहिले ७ जना चिनियाँ नागरिक छन् ।
हिरासतमा भएका चिनियाँहरूमा डिङ सेग्फा, ली–नेङकाई, टीयान मि, वेन तोङ, जीक्वाङ लिन, याओ पुचेङ्ग र ली वेन सुङ्ग छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री
-
आफू र परिवारलाई धम्की आएपछि कमेडियन सजन श्रेष्ठले दिए प्रहरीमा उजुरी
-
कालीगण्डकी करिडोर : गैँडाकोट–मालढुंगा सडकलाई बजेट अभाव
-
यी ५ गल्ती बन्न सक्छ ब्रेकअपको कारण
-
सांसदले नाबालिकालाई बन्धक बनाएको प्रकरण : महानगरले आयोगलाई बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची