अरुण नदीको कटानले भोटखोलमा एक घर विस्थापित, १७ घर पहिराको उच्च जोखिममा

किमाथाङ्का । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा एक घर विस्थापित भएको छ । त्यस्तै भोटखोला गाउँपालिका–५ स्थित कपासेमा अरुण नदीको कटानले १७ घर पहिराको उच्च जोखिममा परेको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।
लगातारको वर्षाले अरुण नदीमा बाढीले कटान गर्दा भोटखोला–५ कपासेका १७ घर र एक बाल केन्द्र विद्यालय जोखिममा परेको गाउँपालिका अध्यक्ष भोटेले बताए । बाढीले नदी किनार आसपास माटो कटान गर्न थालेपछि तटीय क्षेत्रमा रहेका ती घर बाढीको जोखिममा परेका हुन् । अध्यक्ष भोटेका अनुसार विस्थापित एक घरलाई सुरक्षित स्थानमा सारिएको छ ।
अरुण नदीबाट भोटखोला गाउँपालिका–४ गोलाबजारदेखि पारिपट्टि रहेको भोटखोला–५ कपासे गाउँ बाढीको जोखिममा परेको हो । माथिल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहेको हुँदा अरुण नदीको तटीय क्षेत्रमा पानीको सतह बढ्दा खतरा हुने भएकाले सतर्क रहन आग्रह गरिएको गाउँपालिका अध्यक्ष भोटेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एउटा स्वतन्त्र उम्मेदवारको साबिती बयान
-
काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति सुधार्न ६ वटा सबस्टेसन निर्माणाधीन, थप २० वटा निर्माण गरिने
-
धूर्त चतुर
-
सेमिफाइनलमा स्थान बनाउने दक्षिण अफ्रिकाको लक्ष्य, सान्त्वना जीतको खोजीमा इंग्ल्याण्ड
-
‘महाभोज’को सकियो छायाङ्कन
-
महायज्ञमा सहभागी हुन राष्ट्रपति पौडेल पोखरामा