भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन । भारी वर्षका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित ठाडोखोलामा बाढी आउँदा बागलुङ–बुर्तिबाङ–पूर्वी रुकुम पूर्ण रुपमा अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा, बागलुङलगायत स्थानमा छुटेका मालवाहक तथा सवारीसाधान सडकमा ठप्प भएका छन् । लोकमार्ग ठप्प हुँदा सयौँ यात्रु सडकमै अलपत्र परेका छन् । अहिले पनि भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिएको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए ।
बाढीले करिब दुई सय मिटर कालोपत्रे सडकमा क्षति पुर्याएको अध्यक्ष पौडेलको भनाइ छ । कानाबगर हुँदै ओखरेनी जोड्ने शाखा सडकमा पहिरो जाँदा कालापैरा खोलामा बाढी आएर सडक अवरुद्ध बनाएको उनी बताउँछन् । बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौँ र बुटवलदेखि निसी, भल्कोट हुँदै रुकुम जाने यात्रु कानाबगरमा रोकिएको उनको भनाइ छ ।
“केही दिन भयो दिनदिनै पानी परी राखेको छ, हिजोदेखि ठूलो वर्षा भएको छ, यो खोलामा बाढी आइ राखे पनि गाडी जसोतसो पन्छाउँदै ओहोरदोहोर गर्थे, आज त ठूलै बाढी आएको छ”, अध्यक्ष पौडेलले भने, “वर्षा नरोकिएसम्म सडक खुलाउन सकिने सम्भावना कम छ, खोलामा लेदोसहितको बाढी आइ राखेको हुँदा सडकमा अझै धेरै क्षति पुर्याउने देखिन्छ ।”
यस खण्डको खाडुखोलामा पनि बाढी आउँदा यातायात सञ्चालनमा समस्या भएको छ । वर्षाका कारण निसीखोलाका सबै ग्रामीण सडक ठप्प भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ