धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल, संयम अपनाउन आग्रह

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकालाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ । चौतर्फी नाकाबाट भोलि (शनिबार) धरान प्रवेश गर्न रोक लगाइएको छ ।
सामूहिक रुपमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली/भेला जम्मा/प्रदर्शन लगायतका कुनै पनि कार्यक्रम नगर्न/नगराउन आग्रह गरिएको छ ।
यस्तै धरानका सबै राजनीतिक दलहरुले पनि सामाजिक सद्भाव कायम गर्न र द्वन्द्वको वातावरण अन्त्य गर्न सबैपक्षलाई अपिल गरेका छन् । शुक्रबार बसेको सर्वदलीय बैठकले विगत केही दिनदेखि धरानमा देखिएको असहज परिस्थितिले सामाजिक सद्भाव, सहिष्णु वातावरण बिथोलिने आशङ्का उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
‘हाम्रो बहुलतायुक्त विशेषतालाई आत्मसाथ गर्दै सबै जाती, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वेष तथा आस्था भावनामा ठेस पुर्याउने गतिविधि नगरिदिनु हुन अनुरोध गर्दछौँ,’ धरानका १३ राजनीतिक दलले जारी गरेको संयुक्त अपिलमा भनिएको छ ।
यस्तै भदौ ९ गते आयोजना गर्न लागिएका पूर्व निर्धारित कार्यक्रमहरू स्थगित गरी वातावरण सहज बनाउन भूमिका निर्वाह गर्न पनि सबैपक्षलाई बैठकले अपिल गरेको छ । ‘परिस्थितिको गाम्भीर्यतालाई मनन् गर्दै सामाजिक सञ्जाल लगायतबाट सामाजिक सद्भाव खलबलिने सामाग्रीहरु पोष्ट, शेयर तथा कमेन्ट नगरिदिन सबैमा हार्दिक अपिल गर्दछौँ । साथै सम्बन्धित निकायलाई सामाजिक सद्भाव तथा शान्ति सुरक्षा कायम गर्न आवश्यक व्यवस्था गर्न अनुरोध गर्दछौँ,’ अपिलमा भनिएको छ ।
अपिलमा एमाले, कांग्रेस, माओवादी, नेकपा ९एकीकृत समाजवादी०, जसपा, रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, नेससपा, राजमुपा, किखसपा, विवेकशील साझा पार्टीलगायतले हस्ताक्षर गरेका छन् ।
यसैबीच प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले पनि भदौ ९ गते धरानमा आयोजना गर्ने भनिएका सबै कार्यक्रमहरू स्थगित गरेर सामाजिक सद्भाव कायम गर्न अनुरोध गरेको छ । संघर्ष समितिमा आबद्ध विभिन्न पाँच जातीय संस्थाहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै भदौ ९ गते हिन्दू धर्माबलम्बीहरु धरानमा सहभागी भई जनप्रदर्शन गर्ने भनि सामाजिक संजालमा गरिएको आव्हान र अर्को पक्षद्वारा त्यसको प्रतिकार गर्ने भनि गरिएको प्रचारप्रसारले नेपालको बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय सद्भावलाई बिथोल्न सक्ने र जातीय तथा धार्मिक द्वन्द्व निम्त्याउन सक्ने भएकोले सबैपक्ष जिम्मेवार र संवेदनशील हुन अपिल गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?
-
यस्तो कीर्तिमान बनाउने विश्वकै पहिलो क्रिकेटर बने न्युजिल्यान्डका रचिन रवीन्द्र
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
एउटै सामुदायिक विद्यालयमा एकै परिवारका चार जनाको हालीमुहाली