काभ्रेमा जुवा खेल्दै गरेका वडा अध्यक्षसहित ९ जना पक्राउ
शुक्रबार, ०८ भदौ २०८०, १७ : ३३

काभ्रे । काभ्रेमा जुवा खेल्दै गरेका वडा अध्यक्षसहित ९ जना पक्राउ परेका छन् । प्रहरीले जुवा खेलिरहेको अवस्थामा पाँचखाल नगरपालिका वडा नं १२ का वडा अध्यक्ष ज्ञानबहादुर दनुवारसहित ९ जनालाइ पक्राउ गरेको हो ।
वडा अध्यक्षसहित अन्य ९ जनालाई पाँचखाल नगरपालिका भवन सँगै रहेको एउटा घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जुवाको खालबाट नगद १ लाख ९० हजार रकम समेत बरामद् गरिएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ।
पक्राउ पर्नेमा वडाअध्यक्ष ज्ञान बहादुर दनुवार, प्रकाश सापकोटा, हरि ठकुरी, मित्र भुजेल, सुर्दशन रेग्मि, राजन चौलागाईं, राजकुमार तामाङ र गणेश गुरुङ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलिङ सल्लाहकारका रुपमा इङ्ल्यान्डको टोलीसँग जोडिँदै न्युजिल्यान्डका टिम साउथी
-
अक्षय तृतीया : दर्शनार्थीका लागि डोलेश्वरमा चारै ढोका खुल्ला
-
ब्रिटिस काउन्सिलद्वारा नेपालमा अन्तर्देशीय शिक्षासम्बन्धी अनुसन्धान सार्वजनिक
-
पशुपति क्षेत्र विकास कोषको ऐन समय सापेक्ष परिमार्जन गर्छौँ –मन्त्री पाण्डे
-
कञ्चनपुरको लालझाडीमा एक युवक मृत फेला
-
‘डिजिटल प्रविधिको लत जसरी सोचेभन्दा कैयौँ गुणा भयानक’ : यादव भट्टराई