प्रहरी प्रशिक्षण प्रतिष्ठानमा नेपाल र भारतका परम्परागत खेल खेलाइँदा जे देखियो....

काठमाडौँ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौँस्थित भारतीय राजदूतावास र नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जले शुक्रबार संयुक्त रूपमा ‘आऔँ खेल खेलौँ’ नामक खेलकुद कार्यक्रम आयोजना गरेको छ ।
‘समावेशी र तन्दुरुस्त समाजको लागि एक माध्यमको रूपमा खेलकुद’ भन्ने नारासहित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल र भारत दुवै देशका परम्परागत खेल खो-खो, कबड्डी, पाण्ढुंगे (सटोलिया), रुमाल लुकाई र टग अफ वार (तान डोरी) खेलहरू खेलाइएको थियो ।
यी खेलहरूमा विभिन्न विद्यालयका सातदेखि १२ कक्षासम्मका विद्यार्थी, खेलकुद सेलिब्रेटी, खेलप्रेमी, नेपाल प्रहरीको टोली र भारतीय राजदूतावासका अधिकारीहरूको सहभागिता रहेको थियो । नेपाल तथा भारतमा खेलिने मौलिक एवं परम्परागत खेलकुदको जगेर्ना गर्दै नयाँ पुस्तालाई यी खेलहरूबारे अभ्यस्त गराउन कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले गरेका थिए । मन्त्री लिम्बुले खेलकुद हरेक देशसँग सम्बन्ध सुधार गर्ने र देशको गौरव बढाउने सबैभन्दा उत्तम माध्यम भएको बताए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी र भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन प्रशन्न श्रीवास्तभालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटनको अवसरमा भारतीय दूतावास र नेपालका सेलिब्रिटीबीच तानडोरी प्रतियोगिता भएको थियो । तानडोरी प्रतियोगितामा नेपाली चलचित्रका नायक निखिल उप्रेती र तेक्वान्दो खेलाडी दीपक विष्ट पनि सहभागी थिए ।
शुक्रबार नै प्रहरी प्रशिक्षण केन्द्रमा भएको कबड्डीमा नेपाल पुलिस क्लबले भारतीय दूतावासको टोलीलाई हराएको थियो । एक दिने कार्यक्रम समापनको अवसरमा सहभागी टोलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा