बिचौलियाको कब्जामा रहेको हाट बजारमा धनगढी उपमहानगरको डोजर चल्यो

धनगढी । बिचौलियाको कब्जामा रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित दक्षिणकाली हाट बजारमा उपमहानगरपालिकाले डोजर चलाएको छ ।
सम्झौता अनुसार हाट बजार सञ्चालन नगरेको र समयमा बुझाउनुपर्ने राजश्व समेत बुझाउन नसकेपछि हाट बजारमा उपमहानगरपालिकाले शुक्रबार डोजर चलाएको हो ।
धनगढी उपमहानगरपालिकाले २०६७ चैत्र १४ गते सार्वजनिक निजी साझेदारी (पीपीपी) अन्तर्गत धनगढी उपमहानगरपालिका–२ का ओमराज पाठकलाई १५ वर्षका लागि उक्त १ बिघा जग्गा दिएको थियो ।
तर दोस्रो पक्ष मानिएका पाठकले सम्झौता अनुसार पशु वधशाला निर्माणसहित व्यवस्थित तरकारी, फलफूल तथा माछामासु बजार बनाउन सकेका थिएनन् । २०७९ पुस १८ गतेदेखि लागु हुने गरी उपमहानगरपालिकाले दोस्रो पक्ष मानिएका पाठकलाई २०८० असार १७ गतेसम्म संरचना हटाउन समयावधि दिएको थियो । तर संरचना नहटाएपछि उपमहानगरले शुक्रबार डोजर चलाएको हो ।
कैलाली उद्योग वाणिज्य संघ र वडा नं. ४ का जनप्रतिनिधिको रोहबारमा संरचना खाली गराइएको धनगढी उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख योगेन्द्र चन्दले जानकारी दिए । तर केही तरकारी पसललाई भने उनीहरुको संवेदनशीलतालाई हेरेर केही समय सार्नको लागि समय दिएको बताए ।
उपमहानगरपालिकाले अब त्यहाँ सपिङ कम्पलेक्स बनाउने भएको छ । जसको डीपीआर समेत भइसकेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित
-
जसपा नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित
-
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने