दीपक–दीपाको हल १८ भदौमा उद्घाटन, पहिलो फिल्म ‘छक्का पन्जा ४’ लाग्ने

काठमाडौँ । ९ करोडको लागतमा दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण गरिरहेको फिल्म हल १८ भदौदेखि संचालनमा आउने भएको छ ।
लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल १८ गते औपचारिक उद्घाटन सहित संचानलमा आउन लागेको हो । हलको उद्घाटन १८ गते राखिएको हलका संचाल समेत रहेकी कलाकार निर्देशक दीपाश्री निरौलाले बताइन् ।
‘हलको सम्पूर्ण निर्माण कार्य सकिएकाले उद्घाटन कार्यक्रमसहित संचालनमा ल्याउन लागेको हो’, दीपाले भनिन् । उद्घाटनको दिन हलमा फिल्म ‘छक्का पन्जा ४’ लाग्ने छ ।
‘उद्घाटनमा सबैलाई फ्रिमा फिल्म हेराउनपर्छ’ दीपाले भनिन् ‘फ्रिमा हेराउनहरुले फिल्म नदेलान् भनेर आफ्नै फिल्म देखाउन लागिएको हो ।’ त्यसपछि भने हलमा नेपाली फिल्म ‘ऐँचो पैचो’ र शाहरुख खानको ‘जवान’ लाग्ने दीपाले सुनाइन् । हल केही अगाडि नै उद्घाटन गर्ने दीपक–दीपाको योजना थियो । आर्थिक मन्दी लगायत विभिन्न कारणले केही ढिलाइ हुनपुग्यो ।
आईएनआई सिनेमाजको फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुन लागेको हलमा दुईवटा अडिटोरियम रहेको छ । जसमा दुई–दुई सय दर्शक क्षमता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी निभाइयो टिकाथलीमा ग्यासबाट दन्किएको आगो (तस्बिरहरू)
-
ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने
-
ऊर्जामन्त्री खड्काद्वारा शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ
-
डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
-
समितिमा रहेका विधेयक चैत मसान्त भित्रै प्रतिनिधि सभामा पेस गर्न अर्थमन्त्री पौडेलको आग्रह
-
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्नुपर्छ : राष्ट्रपति पौडेल