बालबालिकाको मानसिक विकासमा परिवारको योगदान
प्रत्येक बालबालिकाको सफल जीवनको आधार परिवार हो । परिवारले उसको मानसिक, सामाजिक र सांस्कृतिक विकासमा प्रभाव पार्छ । आमाबुवाको मानसिकता र व्यवहारले बालबालिकाको मानसिक विकासमा ठूलो भूमिका खेल्छ । विभिन्न स्वाभाव भएका परिवारलाई हेर्दा आमाबुवाले बालबालिकालाई जति बढी चासो र सकारात्मक ढङ्गले प्रोत्साहित गरेका हुन्छन् उनीहरूको सोच, समझदारी र आत्मविश्वास त्यति नै बढी प्राप्त गरेको पाइन्छ । सोही अनुसार बालबालिकाले जीवनका चुनौतीहरूलाई सामना गर्दा सकारात्मकता र सङ्घर्षको भावना देखाउँछन् ।
तर आमाबुवामा नकारात्मक मानसिकता बढी भएर प्रत्येक परिस्थितिमा आलोचना गर्दा बालबालिकामा पनि नकारात्मक भावनाको विकास हुन्छ । खासगरी मद्यपान गरेर घर फर्किँदा, गालीगलौज गर्दा बालबालिकामा नकरात्मक प्रभाव पर्छ । यस्ता वातावरणमा हुर्किएका बालबालिकामा असुरक्षा, अविश्वास र आत्मसन्देहका भावना वृद्धि हुने गर्दछ । आमाबुवाको नकारात्मकता र निराशावादी मानसिकताले बालबालिकाको स्वमूल्याङ्कन, सोच र भविष्यका लक्ष्यहरूमा प्रभाव पार्छ । यसले बालबालिकाको जीवनमा आत्मसन्देह, असम्मान र आत्मअवमूल्यनको अनुभव पैदा गर्दछ ।
बालबालिकाको पहिलो शिक्षक आमाबुवा नै हुन् । आमाबुवाको व्यवहार, मानसिकता र काम गर्ने तरिकाले बालबालिकाको मानसिक विकासमा ठूलो प्रभाव पार्छ । परिवार निर्माण गरेको सकारात्मक वातावरणले नै बालबालिकाको सम्पूर्ण जीवनमा सकारात्मक असर पार्छ । नकारात्मक वातावरणले उसको मानसिक विकासमा बाधा मात्र पुर्याउँछ । तसर्थ समाजलाई परिवारको यो महत्त्वलाई बुझाउन र परिवारमा सकारात्मकताको महत्त्व प्रचार प्रसार गर्ने जिम्मेवारी हाम्रो सबैको हो ।
परिवारको महत्त्व
हरेक व्यक्तिको जीवनमा परिवारको अद्वितीय महत्त्वपूर्ण भूमिका हुन्छ । परिवार एक मानवीय सम्बन्धहरूको सङ्गठन हो, जसले व्यक्तिको जीवनका पहिलो दिनदेखि नै समर्थन, सेवा र मार्गदर्शन प्रदान गर्दछ ।
परिवार व्यक्तिको जीवनमा पहिलो शिक्षक, पहिलो साथी र पहिलो मार्गदर्शक हो । बालबालिकाको शिक्षा, मूल्य र संस्कृति परिवारबाट प्राप्त गर्दछ । त्यसले उसको जीवनको आधार, सङ्घर्ष र सूचना प्रदायकको भूमिका निर्वाह गर्दछ ।
आमाबुवाको नकारात्मकता र निराशावादी मानसिकताले बालबालिकाको स्वमूल्याङ्कन, सोच र भविष्यका लक्ष्यहरूमा प्रभाव पार्छ । यसले बालबालिकाको जीवनमा आत्मसन्देह, असम्मान र आत्मअवमूल्यनको अनुभव पैदा गर्दछ ।
परिवारको मानसिकताले बालबालिकाको सोच, विचार, ज्ञान, विवेक र संवेदना निर्माण गर्दछ । परिवारको माहोलले बालकलाई सामाजिकता, विश्वास, सम्झौता र सहयोगको महत्त्व सिकाउँछ, जुन उसलाई अफ्नो जीवनको बाँकी अवस्थामा सहायक बनाउँछ ।
यसैगरी आमाबुवाका व्यवहार उनीहरूको परस्पर सम्बन्ध, परिवारमा शान्ति र अशान्तिको अवस्था पनि बालकको मानसिकता र उसका विचारहरूमा प्रभाव पार्छ । त्यसैले परिवार व्यक्तिको जीवनको खम्बा जस्तो हो– जसले बालबालिकालाई समर्थन, मार्गदर्शन र प्रोत्साहन प्रदान गर्दछ र जीवनका समस्यामा साथ दिन्छ । परिणाम स्वरूप, परिवारको महत्त्व अनुपम र अतुलनीय हुन्छ ।
आमाबुवाको सकारात्मक मानसिकताको प्रभाव
सकारात्मक मानसिकताले बालबालिकाको जीवनमा उसको सम्पूर्ण विकास र सफलताका लागि महत्त्वपूर्ण भूमिका खेल्छ । यसले व्यक्ति र परिवारद्वयमा सञ्चार, सम्पर्क र संवाद सुधारका लागि प्रेरित गर्दछ । सकारात्मक मानसिकता भएका आमाबुवाले अफ्ना सन्तानलाई प्रेरित गर्दा बालबालिकाको स्वीकार्य आत्म–मूल्यबोध, आत्मविश्वास र स्वतन्त्रताको महत्त्व सम्झन्छ ।
यस्ता व्यवहारबाट बालबालिकाले जीवनका चुनौतीमा सामना गर्दा सहास, धैर्य र सोच–समझपूर्वक कार्य गर्न सक्छन् । आफूलाई अप्ठ्यारोमा पनि सकारात्मकताको दृष्टिकोण रहने गरी समस्याहरूलाई समाधानमा बदल्ने सामथ्र्य विकसित हुन्छ ।
यसका अतिरिक्त सकारात्मक मानसिकता भएका परिवारले समाजमा पनि सकारात्मक परिवर्तन ल्याउँछन् । त्यस्ता परिवारहरू समाज सेवा, सामाजिक जागरण र सकारात्मक परिवर्तनमा प्रोत्साहन गर्दछन् । अन्ततः सकारात्मक मानसिकताले ऊर्जा, ऊत्साह र प्रेरणा प्रदान गर्दछ । यसले व्यक्तिको जीवनमा सफलता, सन्तोष र सम्पूर्णताको पथ प्रदर्शन गर्छ । यसले व्यक्तिलाई अफ्नो सपना, लक्ष्य र आकाङ्क्षा पूरा गर्न सक्षम बनाउँछ र उसको जीवनलाई अधिक अर्थपूर्ण बनाउँछ ।
आमाबुवाको नकारात्मक मानसिकता र त्यसका परिणाम
नकारात्मक मानसिकता भएका आमाबुवाका विचार र व्यवहारले बालकको मानसिक, सामाजिक र व्यक्तिगत विकासमा सीधा प्रभाव पार्छ । जब परिवारमा नकारात्मक बढी हुन्छ त्यसको परिणामहरू गम्भीर रूपमा प्रकट हुन सक्छ । आत्मसम्मान र आत्म–मूल्यबोधको कमी हुन्छ । आमाबुवाबाट निरन्तर आलोचना हुँदा बालक शङ्का र निराशा बढ्ने गर्छ । त्यसले आफूप्रति नै हीन भावनाको विकास हुन पुग्छ ।
त्यसले सामाजिक समस्या सिर्जना गर्छ । बालबालिकाहरूले सामाजिक सम्बन्ध विस्तार गर्न सक्दैनन् । उनीहरूमा विश्वासको कमी, सङ्घर्ष र संवादको अभाव हुन सक्छ ।
त्यसैगरी घरामा मायालु वातावरण छैन भने बालबालिकाको अध्ययनमा असर पर्छ । यसले उनीहरूको सिर्जनात्मक क्षमातामा पनि असर गर्छ । उसको ध्यान पढाइमा केन्द्रित नभई परिवारकै व्यवहारप्रति केन्द्रित हुन पुग्छ र अध्ययनमा संलग्न हुन सक्दैन ।
अभिभावकको खराब व्यवहारले बालबालिकाको मानसिक स्वास्थ्यमा समस्या ल्याउँछ । नकारात्मक व्यवहारले बालबालिकामा चिन्ता, उदासीनता लगायतका मानसिक समस्या उत्पन्न हुन्छन् ।
त्यसको परिणाम आमाबुवाको नकारात्मक मानसिकता उनका सन्तानहरूको जीवनमा गम्भीर रूपले प्रभाव पार्छ । त्यसैले अभिभावकमा सकारात्मक परिवेश र मानसिकताको महत्त्व अत्यधिक छ ।
अतः व्यक्तिको जीवनमा परिवारको महत्त्वपूर्ण भूमिका हुन्छ । आमाबुवा मानसिकता, उनका विचार र व्यवहारले सीधा रूपमा सन्तानको जीवनमा पर्छ । सकारात्मक मानसिकता भएका परिवारले सन्तानलाई समृद्धि, स्वास्थ्य र सुख प्राप्त गर्ने गोरेटो देखाउने काम गर्छ । तर नकारात्मक मानसिकता भएका परिवारले सङ्घर्ष, आत्मसंशय र असन्तोषको वातावरण सिर्जना गर्छ ।
आमाबुवाले आफ्ना सन्तानलाई पोजिटिभ प्रोत्साहन, प्रेम र समर्थन प्रदान गर्नु पर्छ । त्यसले सन्तानको जीवनमा सकारात्मकता, आत्मविश्वास जगाउँछ । हरेक आमाबुवाले सन्तानको जीवनको सफलता बनाउन सकारात्मक, समर्थन र त्यस्तो परिवेश प्रदान गर्नुपर्छ ।
साल्ट लेक सिटी, युटा, संयुक्त राज्य अमेरिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जागरण सभाका नाममा शक्ति प्रदर्शन गर्दै एमाले
-
आजको दिन कुन राशिका लागि राम्रो ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना
-
नेपालमा ओमानी रियाल पनि खरिदबिक्री हुने, विदेश पुगेका नेपालीलाई राहत
-
के हो अक्युपञ्चर उपचार विधि ?, के छ महत्व ?
-
विदेशी मुद्राको विनिमयदर : कुनको बढ्यो, कुनको घट्यो ?