बौद्धमा गाईजात्रा : स्थानीय संघ–संस्थालाई १० विधामा प्रतिस्पर्धा गराइने

काठमाडौँ । काठमाडौँ बौद्धका स्थानीयवासीले गाईजात्रा कार्यक्रमको आयोजना गर्ने भएका छन् । शुक्रवार गाईजात्रा तथा रोपाइँ जात्रा मूल समारोह समितिले पत्रकार सम्मेलनको आयोजना गरी भदौ १४ गते गाईजात्रा कार्यक्रम आयोजना गरिने जानकारी दिएको हो ।
आयोजकका अनुसार गाईजात्रामा सामाजिक, धार्मिक र स्थानीय क्लबहरूको सहभागिता रहनेछ ।
जात्रामा १० वटा विधाहरूमा प्रतिस्पर्धा गराई प्रत्येक विधामा छनौट प्रक्रियाबाट पुरस्कृत गरिने समेत समितिले जनाएको छ । समितिका अनुसार प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र २५ सय राशिको नगद पुरस्कारसहित प्रमाणपत्र, पदक र ट्रफी प्रदान गरिने कार्यक्रम रहेको छ ।
गाईजात्रामा रोपार, बौसे, हलगोरु, झाँकी, हास्य–व्यङ्ग्य, ख्याली, लाखे, घोडा, बाल रोपार र बाल बौसे विधामा प्रतिस्पर्धा हुने मूल समारोह समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?