बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

आइओइले गरेको शुल्क वृद्धि खारेज गर्न चार विद्यार्थी सङ्गठनको अल्टिमेटम

शुक्रबार, ०८ भदौ २०८०, ११ : २६
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) कार्यान्वयन समितिले संस्थानका आङ्गिक क्याम्पसहरूमा इन्जिनियरिङको स्नातक तहमा शुल्क बढाएको भन्दै गठबन्धन दलका चार विद्यार्थी  सङ्गठनले गम्भीर आपत्ति जनाएका छन् । चार विद्यार्थी सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र वृद्धि भएको शुल्क खारेज गर्न माग गरेका छन् । 

‘कार्यान्वयन समितिको निर्णयले संस्थानका आङ्गिक क्याम्पसहरूमा इन्जिनियरिङको स्नातक तहमा नियमिततर्फ शुल्क ३५ हजारबाट बढाएर ८२ हजार र पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्‍याइएकोप्रति संयुक्त विद्यार्थी सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ । 

सङ्गठनले बढाइएको चर्को शुल्क वृद्धि अल्टिमेटम समय सीमाभित्र निशर्त  खारेज  नभए कडा सङ्घर्षको कार्यक्रम ल्याउने चेतावनी दिएको छ । संस्थानको साउन २५ गते कार्यान्वयन समितिको निर्णयले स्नातक तह (बिइ/बिआर्क) नियमिततर्फ भ दोब्बर बढी शुल्क वृद्धि गरेको थियो ।  

शुल्क वृद्धिले आधारभूत रूपमा जनताको पहुँचमा रहेको इन्जिनियरिङ अध्ययन संस्थानले आंगिक क्याम्पसहरूमा दोब्बरभन्दा बढी शुल्क अकस्मात् बढाउनाले आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई इन्जिनियरिङ शिक्षाबाट वञ्चित गराउने सङ्गठनले निष्कर्ष छ । 

विज्ञप्तिमा अखिल क्रान्तिकारीका पञ्चा सिंह, अनेरास्ववियूका शुदेश पराजुली, अखिल क्रान्तिकारीका प्रकाश शाही र समाजवादी विद्यार्थी युनियनका रमेश यादवले हस्ताक्षर गरेका छन् ।

student

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप