बैतडीमा नागरिकता बनाउने कम, राहदानी बनाउने धेरै

बैतडी । बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको सङ्ख्या घटेको छ भने राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क हेर्दा नागरिकता बनाउनेको सङ्ख्या घटेको र राहदानी बनाउनेको सङ्ख्या बढ्दै गएको हो ।
गत आर्थिक वर्ष २०७९/८० मा छ हजार तीन सय ३८ जनाले नागरिकता बनाएका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । यसमा तीन हजार तीन सय ९६ पुरुष र दुई हजार नौ सय ४२ महिलाले नागरिकता बनाएका हुन् । जसमध्ये १२ जनाले वैवाहिक अङ्गीकृत नागरिकता बनाएका छन् । यस्तै पाँच जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा आठ हजार पाँच सय १४ जनाले नागरिकता बनाएका थिए । यो एक वर्षको अवधिमा चार हजार दुई सय ५७ पुरुष र चार हजार दुई सय ५७ महिलाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । यस्तै २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता बनाएका छन् । यस्तै चार जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् ।
आव २०७७/७८ मा पाँच हजार पाँच सय ६४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए भने छ जनाले नागरिकताको प्रमाणपत्र परित्याग गरेका थिए । यसैबीच यहाँबाट राहदानी बनाउनेको सङ्ख्या ह्वात्तै बढेको छ । गत वर्ष २०७९/८० मा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार छ सय ८० जनालाई राहदानी वितरण गरिएको छ । जसमा दुई हजार चार सय ९६ पुरुष र एक सय ८४ महिला रहेका छन् । यो वर्ष द्रुत सेवाका लागि एक जनाको पनि सिफारिस गरिएको छैन ।
यस्तै आव २०७८/७९ मा छ सय २२ जनालाई राहदानी वितरण गरिएको छ । यसमा पाँच सय ३५ पुरुष र ६४ महिलाले राहदानी बनाएका हुन् । यसका साथै द्रुत सेवाका लागि आठ सय छ जनाले राहदानीको सिफारिस गरिएको जनाएको छ । आव २०७७/७८ मा यहाँका तीन सय ९२ जनालाई राहदानी वितरण गरिएकामा चार सय ३१जनालाई द्रुत सेवाका लागि सिफारिस गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ काे परीक्षा सार्न प्रधानमन्त्रीको अनुरोध, निर्णय गर्दै बोर्ड
-
‘एफएनजे यूके पत्रकारिता पुरस्कार’ छनोट समिति चयन
-
ढुंगाले हानेर चारमहिने छोराको हत्या
-
आमाद्वारा ४ महिनाको बच्चालाई ढुङ्गा प्रहार गरी हत्या
-
काफ्लेगाउँमा क्रिकेट मैदान निर्माण सुरु
-
लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छ : विमलेन्द्र निधि