ट्रम्पले सन् २०२१ पछि पहिलो पटक ट्विट गर्दा मस्कले दिए यस्तो प्रतिक्रिया

लगभग साढे दुई वर्ष पछि अमेरिकाका पूर्व राष्ट्रपति तथा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले सोसल मिडिया प्लेटफर्म एक्स (जसलाई पहिला ट्विटरका नामले चिनिन्थ्यो) मा ट्विट गरे ।
उनले आफ्नो मगसट एक्समा ट्विट गरेका छन् । अब यसमा एक्सका मालिक एलन मस्कले प्रतिक्रिया दिएका छन् । ट्रम्पको ट्विटमा एलन मस्कले लेखे – नेक्स्ट लेभल ।
ट्रम्पले जर्जिया जेलबाट जारी आफ्नो मगसट अर्थात् जेलबाट जारी गरिएको तस्बिर ट्विट गर्दै आफ्नो वेबसाइटको जानकारी साझा गरेका छन् । यसमार्फत उनी आफ्नो अभियानका लागि रकम सङ्कलन गर्ने गर्छन् ।
Next-level https://t.co/E81JKWTJPS
— Elon Musk (@elonmusk) August 25, 2023
यसअघि ट्रम्पले ८ जनवरी सन् २०२१ मा ट्विट गरेका थिए । त्यसपछि आज उनले यो प्लेटफर्म प्रयोग गरेका छन् ।
ट्रम्पलाई ट्विटरले प्रतिबन्ध लगाएको थियो । अघिल्लो वर्ष एक्सका नयाँ मालिक एलन मस्कले ट्रम्पमाथि लागेको प्रतिबन्ध हटाएका थिए । तर पनि उनले यो प्लेटफर्म प्रयोग गरिरहेका थिएनन् ।