स्ववियु पुल्चोकले माइतीघरमा प्रदर्शन गर्ने

काठमाडौँ । शुल्क वृद्धिको विरोधमा पुल्चोक इन्जिनियरिङ कलेजको स्ववियुले माइतीघरमा प्रदर्शन गर्ने भएको छ । स्ववियु पुल्चोकले शुक्रबार दिउँसो १२ बजेदेखि क्याम्पसबाट हिँडेर माइतीघरसम्म पुगेर प्रदर्शन गर्न लागेको हो ।
इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ स्नातक तहको शुल्क वृद्धि गरेको थियो । त्यसको विरोधमा स्ववियुसहित विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका छन् । उनीहरुले तत्काल शुल्क वृद्धि फिर्ता लिन माग गर्दै आएका छन् ।
सोही क्रममा पुल्चोक क्याम्पसका सबै राजनीतिक र गैर राजनीतिक सङ्ठनहरु माइतिघर सम्म हिनेर दबाब मूलक कार्यक्रम गर्न लागिएको स्ववियु पुल्चोकका सभापति विराज अर्यालले जानकारी दिए । उक्त कार्यक्रममा अनेरास्ववियु पुल्चोक, नेविसंघ पुल्चोक, अखिल क्रान्तिकारी पुल्चोक, विद्यार्थी जनमत संघ, अनेरास्ववियू पुल्चोक, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पुल्चोकको सहभागिता रहनेछ ।
संस्थानले बीई तर्फको शुल्क बढाएर ७ लाख ७५ हजार भन्दा बढी पुर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्लस टु सञ्चालन गर्न चन्दा उठाएरै ७० लाखको अक्षय कोष
-
अमेरिकी शीर्ष सैन्य नेतृत्वमा ठुलो परिवर्तन, जनरल ब्राउन हटाइए
-
जदौको स्वरमा मरिहत्ते श्रोता–संसार
-
तस्बिरमा हेर्नुहोस् नेपाल सुपर लिगको अक्सन
-
माओवादीले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ : प्रचण्ड
-
कांग्रेसको महाधिवेशन पार्टीको विधानमा भएको प्रावधानअनुसार सबैलाई मिलाएर हुन्छ : नेता सिंह