बागमती प्रदेशमा बढ्यो सार्वजनिक सवारीकाे भाडादर, कहाँ कति ?
बिहीबार, ०७ भदौ २०८०, १९ : ०७

काठमाडौँ । इन्धनमा मूल्यवृद्धि भएसँगै बागमती प्रदेश सरकारले सवारी भाडा समायोजन गरेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशको भदौ ४ गतेको मन्त्रीस्तरीय निर्णयले भाडादर समायोजन गरेको हो । समायोजन भएको भाडादर बिहीबारदेखि लागु हुने राजपत्रमा प्रशासित सूचनामा उल्लेख छ ।
वृद्धि भएको भाडादर अनुसार काठमाडौँ उपत्यकामा ० देखि ५ किमिसम्म १९ रुपैयाँ बनाएको छ । यसअघि १८ रुपैयाँ कायम थियो । १० किमिसम्म २४ रुपैयाँबाट बढाएर २६ रुपैयाँ कायम गरेको छ । १५ किमिसम्म २९ रुपैयाँबाट ३१ रुपैयाँ बनाएको छ । २० किमिसम्म ३२ रुपैयाँबाट ३५ रुपैयाँ बनाएको छ । त्यस्तै २० किमिभन्दा माथि ३७ रुपैयाँबाट ४० रुपैयाँ बनाएको छ । यसैगरी उपत्यकाभन्दा बाहिर सञ्चालन हुने सवारी साधनमा ५.३१ प्रतिशत भाडा वृद्धि गरी साविक भाडादर समायोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम शोषण भएको भन्दै आवासीय डाक्टरहरूको प्रदर्शन जारी
-
तस्बिरमा हेर्नुहोस् ‘नरसिंहा अवतार’ को गीत सार्वजनिक कार्यक्रम
-
बागमतीका मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दा हेर्दाहेर्दैमा
-
‘चमेलीको पोइ’ को छायाङ्कन सुरु
-
ज्ञानेन्द्र शाह राजा नै होइनन् : महन्थ ठाकुर
-
‘नरसिंहा: अवतार’ मा पुरानो हिट गीत ‘अच्छा लेकिन’ नयाँ स्वादमा